द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

पाेखरा | बैशाख २२, २०८१

द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

पोखरा:     डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ ।


पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।


कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए ।


उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे ।


वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे ।


कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए ।


कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।


 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्